प्रधानमन्त्री दाहालको राजीनामा माग्दै डा केसीले सुरु गरे अनसन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै डा गोविन्द केसीले अनशन सुरु गरेका छन् ।

आफ्नो अन्तिम अल्टिमेटमको अवधिमा पनि मागहरू सम्बोधन नभएको भन्दै उनले शनिबारबाट अनशन सुरु गरेका हुन् । उनको यो २२ औं सत्याग्रह हो ।

उनले प्रचण्डलाई युद्ध अपराधी भएको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी, घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा । निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरियोस्‌ ।’


क्लिकमान्डु