लिम्पियाधुरा, लिपुलेकमा भारतीय विस्तारवाद रोक्न युवा संघ नेपालको माग



काठमाडौं । सत्ता घटक दल नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले माइतीघर मण्डलामा राष्ट्रियताका लागि युवा दबाब कार्यक्रम सम्पन्न गरेको छ ।

एकीकृत समाजवादीका युवाले राष्ट्रियतालाई बलियो बनाउन, जनजीवनलाई सहज बनाउन साथै भ्रष्टाचार र बेथितिको विरुद्ध हाम्रो नोटमा हाम्रै देश, आन्तरिक मामिलामा नगर हस्तक्षेप नेपालको पश्चिमसम्मको भेग, लिम्पियाधुरा लिपुलेक उठौँ युवा एकै साथ रोकौँ भारतीय विस्तारवाद लगायतका नारा बोकेर बाइक र्‍याली गरेको हो ।

युवा संघ नेपालले एमसीसीको के हो व्याख्यात्मक टिप्पणी के भो ? लगायतको नारा लिएर ४०० वटा बाइक र्‍याली गर्दै माइतीघरमा कोण सभा गरेको थियो ।

नेपालले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्दा भारतले अतिरञ्जना गरी रहेको कारण नेपालको स्वभिमानलाई उच्च राख्नका लागि युवा दबाब कार्यक्रम गरेको युवा संघका नेता विशाल लामाले बताए ।

उक्त सभालाई युवा संघका अध्यक्ष कृष्ण बिक, प्रवक्ता सन्जिप राई लगायतले सम्बोधन गरेका थिए ।

उनीहरूले भ्रष्टाचार र बेथितिको विरुद्धमा युवा संघ नेपालको आवाज सधैँ जनताको पक्षमा रहेकाले वर्तमान सरकारलाई जनताको जनजिविकाको सन्दर्भमा पनि आवाज बुलन्द पार्न दबाब दिए ।

नेपालको पश्चिमसम्म भूभाग लिम्पियाधुरा, लिपुलेकलाई सरकारले आफ्नो भू भाग बनाएर त्यहाँका नेपालीलाई शान्तिसँग बस्न दिने वातावरण सिर्जना गर्नुपर्ने प्रवक्ता राईको माग छ । उनले सो क्षेत्रमा भारतीय विस्तारवाद भएको भन्दै यसलाई रोक्न सरकारले छिटो पहल गर्नुपर्ने बताए ।


क्लिकमान्डु