आठ महिनामा बैंकको नाफा ४३ अर्ब ३० करोडः पहिलो नबिल, एनआईसी एशिया छैंटौ स्थानमा



काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनासम्ममा वाणिज्य बैंकले ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ नाफा कमाएका छन् ।

फागुन मसान्तसम्म २० वटाले बैंकले ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ नाफा कमाएका हुन् । सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले ४ अर्ब ७२ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ ।

नाफा आर्जनमा पहिलो स्थानमा नबिल हुँदा दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबलले ३ अर्ब ४३ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । नाफा आर्जनको हिसाबले तेस्रो स्थानमा प्राइम, चौथोमा राष्ट्रिय वाणिज्य बैंक, पाँचौमा नेपाल इन्भेष्टमेन्ट मेगा र छैटौमा एनआईसी एशिया बैंक रहेको छ । प्राइम बैंकले फागुन मसान्तसम्म २ अर्ब ८८ करोड ७८ लाख, राष्ट्रिय वाणिज्यले २ अर्ब ८७ करोड ७६ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८० करोड ४५ लाख, एनआईसी एशिया बैंकले २ अर्ब ५४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै एभरेष्ट बैंकले २ अर्ब २९ करोड ३४ लाख, स्ट्याण्डर्ड चार्टर्डले २ अर्ब ८ करोड ९६ लाख कृषि विकास बैंकले १ अर्ब ९७ करोड ६७ लाख, हिमालयन बैंकले १ अर्ब ९४ करोड ८३ लाख, एनएमबिले १ अर्ब ९२ करोड ५२ लाख, लक्ष्मी सनराइजले १ अर्ब ८२ करोड ६ लाख, सिद्धार्थले १ अर्ब ६९ करोड ६५ लाख, सानिमा बैंकले १ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ नाफा कमाएका छन् ।

राष्ट्र बैंकका अनुसार प्रभु बैंकले १ अर्ब ५१ करोड ४५ लाख, कुमारी बैंैकले १ अर्ब ४२ करोड ४६ लाख, नेपाल बैंकले १ अर्ब २८ करोड २९ लाख, सिटिजन बैंकले १ अर्ब २२ करोड ६५ लाख, माछापुच्छ्रेले १ अर्ब १६ करोड ४८ लाख र नेपाल एसबिआईले १ अर्ब ८० लाख रुपैयाँ नाफा कमाएका छन् ।


क्लिकमान्डु