प्रभु बैंकद्वारा कागबेनी मन्दिर श्रद्दास्थल व्यबस्थापन समितिलाई क्युआर स्ट्याण्ड वितरण



काठमाडौं । प्रभु बैंकले कागबेनीमा भक्तजनहरुको सहजीकरणका तथा सुबिधाका लागि ‘कागबेनी मन्दिर श्रद्दास्थल व्यबस्थापन समिति’लाई बिच क्यु आर स्ट्याण्ड उपलब्ध गराएको छ ।

यसले धार्मिकस्थल कागबेनीमा आउने भक्तजनका लागि सहज हुने बैंकले जनाएको छ । बडादसै र चैतेदसैं अघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट भक्तजनहरुको आउने गरेका छन् । यस्तै अन्य पर्यटकहरु समेत उक्त क्षेत्रमा आउने गरेका छन् ।

मुस्ताङ्ग जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि बैंकले वित्तिय सेवा मात्र नभएर वित्तिय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको बैंकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।

बैंकले देशका ३०१ शाखा कार्यालय, २८५ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकलाई सेवा दिएको जनाएको छ ।


क्लिकमान्डु