प्रभु बैंकले बोलायो साधारणसभा, सेयरधनीको हात खाली



काठमाडौं । प्रभु बैंकले वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकले वैशाख २० गते केन्द्रीय कार्यालय बबरमहलमा सभा गर्ने जनाएको छ । यो पटक बैंकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभा‌शं नदिने भएको छ ।

सभामा गत आवको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमीक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

सभा प्रयोजनका लागि वैशाख ४ गते बुक क्लोज गर्ने बैंकले जनाएको छ । वैशाख ३ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउने छन् ।


क्लिकमान्डु