योजना आयोगका नवनियुक्त सदस्यले लिए सपथ



काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त चार जना सदस्यहरुले उपाध्यक्ष डा‍. मीनबहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा नवनियुक्त सदस्यहरु डा. अरनिको पाण्डे, प्रा. संगीता सिंह, डा. कुशरेन्द्रबहादुर महत र प्रा. शिवराज अधिकारीले उपाध्यक्ष समक्ष सपथ लिएका हुन् ।

सपथ ग्रहण गरेसँगै चारै जना सदस्यले शुक्रबार नै पदवहाली समेत गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।


क्लिकमान्डु