अर्थमन्त्रीलाई सांसद चौधरीको प्रश्न: विदेशी मुद्रा सञ्चिति बढाएर मात्र देशको अर्थतन्त्र राम्रो भन्न मिल्छ ?



फाइल तस्बिर

काठमाडौं । प्रतिनिधि सभाका सांसद मेटमणि चौधरीले अर्थमन्त्री वर्षमान पुनलाई विदेशी विनिमय सञ्चिति मात्रै बढाएर देशको अर्थतन्त्र राम्रो छ भनेर गर्व गर्न मिल्छ ? भन्दै प्रश्न गरेका छन् ।

अर्थ समितिको बुधबारको बैठकमा उनले विदेशी मुद्राको सञ्चिति १३/१४ महिनालाई पुग्ने छ भनेर खुसी मनाएको तर बजारमा सुधार नआएको बताए ।
बजारमा कन्फिडेन्ट नभएसम्म ब्याजदर १ प्रतिशतमा झारे पनि उपलब्धि केही नहुने उनको भनाइ छ ।

चौधरीले २२ प्रतिशत पुँजीगत खर्च गरेर कहाँ पुग्ने भन्दै प्रश्न गरे । ठेक्कापट्टा निकै लामो प्रकृयाको हुने र सेटिङ हुने गरेको भन्दै उनले यसलाई भत्काउने बिषयमा ध्यान दिन सुझाव दिए ।

देशको अर्थतन्त्रको मार्गचित्र के हो भन्नेमा अन्यौलता भएको उनले धारणा राखे । मन्त्रीअनुसार फरक फरक कुरा गर्न नमिल्ने उनले बताए । अर्थतन्त्रको बारेका सबैको एकैमत हुनुपर्ने धारणा राखे ।

उनले आलोचना गर्छन् भनेर बजेटको आकार बढाउन डराउन नहुने बताए । राज्यको नीतिले सिरानिमुनि भएको पैसा बाहिर नआएको उनको भनाइ छ । मन्त्री चौधरीले एक पटकका लागि पैसा ह्वाइट बनाउन दिन सुझाव दिए ।


क्लिकमान्डु