सिटिजन्स बैंकले कर्मचारीलाई गर्यो दीर्घसेवा सम्मान



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले १० वर्ष र १५ वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदकले सम्मान गरेको छ ।

१७ वर्ष अगाडि २०६४ साल वैशाख ७ गते ४३ जना कर्मचारी बाट विधिवत बैंकिङ सेवा सुरु गरेको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका ंकर्मचारीहरुलाई दीर्घसेवा सम्मान गरेको छ ।

चैत १ गते बैंकले कर्मचारीको दिन को रुपमा मनाउँदै आएको छ । बैंकले १७ औं वर्ष पुरा गरी १८औं वर्षमा प्रवेश गर्न थालेको उपलक्ष्यमा एक महिने बार्षिक उत्सव सम्बन्धी कार्यक्रमहरु आयोजना गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले १० वर्ष सेवा प्रवाह गरेका ४५ जना र १५ वर्ष सेवा प्रवाह गरेका १५ जनासहित ६० जना कर्मचारीलाई क्रमशः १० ग्राम र १५ ग्राम स्वर्णपदक तथा प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेका हुन् ।

बैंकमा हाल करिव १७ सय ८० कर्मचारीहरु कार्यरत रहेका छन् । प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नको लागि कर्मचारीको मिहिनेत, लगनशिलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरको बताउँदै आगामी दिनमा पनि आफ्नो तर्फबाट सत प्रतिशत योगदान दिन आग्रह गरे । वैशाख ७ गते बैंकको वार्षिक उत्सव हो ।

बैंकले १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३१ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु