माछापुच्छ्रेका ग्राहकलाई विगमार्टमा १० प्रतिशत छुट



काठमाडौं । माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका वीगमार्ट सुपरमार्केटहरुमा १० प्रतिशत छुट दिने भएको छ ।

बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट बैंकले प्रदान गर्न लागेको हो ।

बैंकले ग्राहकले डेविट कार्डमार्फत कारोबार गरेको खण्डमा प्रतिव्यक्ति १०% वा बढीमा २०० रुपैयाँसम्म क्यासब्याक तथा क्रेडिट कार्डमार्फत कारोबार गरेको खण्डमा अधिकतम २०० रुपैयाँसम्म छुट पाउने व्यवस्था गरेको हो । यो क्यासब्याक वीगमार्टका निम्न शाखामा उपलव्ध छ, रामबजार, पस्र्याङ, बगर, शितलादेवी, र फूलबारी ।

माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ ।

यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा सघाउ पुग्दै आइरहेको छ । साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।


क्लिकमान्डु