पहिलो चरणमा को को बन्दै छन् मन्त्री ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार पुनर्गठनको तयारी गरेका छन् । त्यसका लागि उनी राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितलनिवास पुगेका छन् ।

पहिलो चरणमा प्रधानमन्त्री दाहालले पाँच जनालाई मन्त्री बनाउने तयारी गरेका थिए । तर दलहरुबीच छलफल नभइसकेकाले आज ३ जनालाई सहभागी गराए सपथ गराउने तयारी गरिएको छ ।

एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल पहिलो चरणमा मन्त्री बन्ने भएका हुन् ।

हितबहादुर तामाङ नुवाकोट-१ का सांसद हुन् भने पदम गिरी पर्वतका सांसद हुन् । डीपी अर्याल धादिङका हुन् । ज्वालामुखी गाउँपालिकाका अर्याल २०३२ सालमा जन्मिएका हुन् ।

गिरी यसअघि स्वास्थ्यमन्त्री र अर्याल श्रममन्त्री बनेका थिए । तामाङ भने पहिलो पटक मन्त्री बन्न लागेका हुन्।


क्लिकमान्डु