पाँच जना मन्त्रीको नाम लिएर शितल निवास पुगे प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ५ जना मन्त्रीको नाम लिएर राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्ड केही समय अघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेटन शितलनिवास पुगेका हुन् । स्रोतका अनुसार नयाँ मन्त्रीमा नेकपा एमालेबाट १, माओवादी केन्द्रबाट २ र रास्वपा सहितका बाँकी दलबाट २ जना रहेका छन् ।

प्रधानमन्त्रीले पहिलो चरणमा एमालेबाट पदम गिरी, नेकपा माओवादीबाट वर्षमान पुन, हितमान तामाङ, रास्वपाबाट डीपी अर्याल लगायतलाई मन्त्री बनाउँदै छन् ।

अहिलेसम्म कायम रहेका मन्त्रीहरुले राजीनामा दिएका छैनन् ।

कांग्रेसबाट सरकारमा सहभागीहरुले राजीनामा दिन आवश्यक नभएको बताएका छन् ।


क्लिकमान्डु