कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने, बूढानीलकण्ठबाट झण्डा छोपेर निस्किए



काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले पदबाट राजीनामा नदिने भएका छन् ।

कांग्रेस माओवादी केन्द्रसहितका दलहरु सहभागी गठबन्धन भत्किएर नेकपा एमाले माओवादीसहितका दलहरुको नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन् ।

नयाँ सत्ता समीकरण बनेपछि कांग्रेस पदाधिकारीसहित मन्त्रीहरु सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा छलफलमा छन् ।

छलफल जारी रहँदा उपसभापतिसमेत रहेका कानुन मन्त्री धनराज गुरूङ र प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महत निस्किएका छन् ।

बूढानीलकण्ठबाट बाहिरिँदा उनीहरुले मन्त्रीको गाडीमा रहेको राष्ट्रिय झन्डा छोपेर निस्केका छन् ।

प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा कांग्रेसका ९ जना मन्त्री सहभागी थिए । उनीहरुले पदबाट राजीनामा भने नदिने भएका छन् । प्रधानमन्त्रीले नयाँ गठबन्धन बनाइसकेपछि राजीनामा दिन आवश्यक नभएको उनीहरुको भनाइ छ ।


क्लिकमान्डु