कांग्रेससँगको गठबन्धन भत्किँदा माधव नेपाललाई तनाव !



काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितका दलहरुको सत्ता गठबन्धन भत्किँदा सरकारमा सहभागी एकीकृत समाजवादी तनाबमा परेको छ ।

एकीकृत समाजवादीबाट अहिलेको सरकारमा पनि सहभागीता रहेको छ । वर्तमान सत्ता गठबन्धन ढल्नुका पछाडि एकीकृत समाजवादीका मन्त्री पनि कारण बनेका छन् ।

नेकपा एमालेसहितका विपक्षी दलहरुले बालकुमारी घटनामा दोषी देखिएका यातायात मन्त्री प्रकाश ज्वालालाई पदबाट हटाउन माग गरेका थिए । तर सरकारले निर्णय गरेको थिएन । संसदमा निरन्तर मन्त्रीहरुको राजीनामा माग भएपछि प्रधानमन्त्री मन्त्रिपरिषद् हेरफेर गर्नुपर्ने दबाबमा थिए ।

तर एकीकृत समाजवादीले ज्वालालाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेन भने कांग्रेसले पनि प्रधानमन्त्रीको चाहना बमोजिम मन्त्रीहरु फेर्न मानेन । जसका कारण प्रधानमन्त्री एमाले लगायतका दलसँग नजिकए र नयाँ गठबन्धन बनाए ।

एमाले नेतृत्वको नयाँ गठबन्धन बनेपछि एमालेबाट विभाजित भएर बनेको दल एकीकृत समाजवादी तनाबमा परेको छ ।

एमाले नेताहरुसँग बिग्रिएको सम्बन्धका बीच उसम्मिलित सरकारमा सहभागी हुने वा नहुने निर्णय एकीकृत समाजवादीले गरेको छैन ।

एकीकृत समाजवादीका नेताहरुले पछिल्लो घटनाक्रममा नजिकबाट नियाली रहेको र सचिवालय बैठकले निर्णय गर्ने जनाइरहेका छन् ।

अध्यक्ष माधवकुमार नेपाल बिरामी रहेकाले सचिवालय बैठक उनको निवासमा बस्ने तयारी छ ।

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओ‌वादी केन्द्रले भने एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने निर्णय गरेको छ । तर उसको निर्णयमा एमालेसहितका दलहरुको सहमति अनिवार्य हुन्छ ।

स्रोतहरुका अनुसार कांग्रेससँगको सत्ता गठबन्धनका बेला एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि एक वर्ष प्रधानमन्त्री बनाउने सहमति भएको थियो । तर एमाले अध्यक्ष केपी ओली कुनै पनि हालतमा माधव नेपाललाई प्रधानमन्त्री बनाउन चाँहदैन थिए । बर प्रचण्डलाई थप समय प्रधानमन्त्री बनाएर भए पनि उनी माधव नेपाललाई रोक्ने पक्षमा थिए । जसका कारण नयाँ बन्ने गठबन्धनमा एकीकृत समाजवादीको सहभागिता के हुन्छ भन्न सकिने अवस्था छैन ।


क्लिकमान्डु