प्रचण्डसँग छलफलका लागि बालुवाटार पुगे ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

बालकोटमा एमाले सचिवालय बैठक सकिए लगत्तै अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णुप्रसाद पौडेल लगायत पनि बालुवाटार पुगेका छन् ।

कांग्रेससँगको गठबन्धनबाट बाहिरिएर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले लगायतका दलसँग गठबन्धन बन्ने भएको छ ।

आजै नयाँ गठबन्धनबाट केही मन्त्रीले सपथ लिने तयारी भएको छ ।


क्लिकमान्डु