राजस्व परामर्श समितिले माग्यो राजस्व प्रशासनमा सुधारका लागि सुझाव



काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतको राजस्व परामर्श समितिले आगामी आर्थिक वर्षको ऐनमा व्यवस्था गरिनुपर्ने तथा अवलम्बन गर्नुपर्ने राजस्वका नीतिहरुका लागि सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ ।

समितिले आगामी आर्थिक वर्ष २०८१/०८१ को आर्थिक ऐन तर्जुमा गर्दा अवलम्बन गर्नुपर्ने राजस्व नीतिका साथै भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्त शूल्क, गैरकर तथा राजस्व चुहावट नियन्त्रणलगायतका समग्र राजस्व प्रशासनमा गर्नुपर्ने सुधारका विषयमा सुझाव मागेको हो ।

समितिले चैत्र १० गतेसम्ममा सुझाव उपलब्ध गराइदिनका लागि निजी क्षेत्र, सरकारी निकाय तथा सरोकार राख्नेहरुमा अनुरोध गरेको छ ।

समितिकाअनुसार सुझावहरु समितिमा नै वा विषयगत रुपमा पठाउँदा सम्बन्धित उपसमितिमा पठाउन सकिनेछ ।


क्लिकमान्डु