इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान



काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने विभिन्न उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

वैशाख १५ गते इलाम जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।

यी दुई क्षेत्रको उपनिर्वाचनमा भाग लिनका लागि फाल्गुन २४ गतेदेखि फाल्गुन ३० गतेसम्म निर्वाचन आयोगमा दल दर्ता गर्न आयोगले आह्वान गरेको छ ।

इलाममा यसअघि प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित भएका सांसद सुवास चन्द्र नेम्वाङ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्ष्ँेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वी बहादुर सिंहको निधन भएपछि यी ठाउँमा पुनः निर्वाचन हुन लागेको हो ।

नेपालमा कुनै सदस्यको स्थान, प्रतिनिधिसभा वा प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढि रहँदै रिक्त भएमा त्यहाँ जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो, त्यसै प्रक्रियाबाट पुनः निर्वाचन गरि सदस्य छान्ने संवैधानिक व्यवस्था रहेको छ ।

यसैका लागि आयोगले दल दर्ता गर्न आह्वान गरेको छ ।


क्लिकमान्डु