सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिमण्डल पुनर्गठन लगायतका विषयमा छलफल हुने



काठमाडौं । सत्ता गठबन्धनको बैठक सोमबार (आज) बस्दै छ । सत्ता गठबन्धनमा समस्या आइरहेको चर्चाकाबीच बिहान ८ बजेका लागि बैठक बलाइएको छ ।

बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, राष्ट्रिय सभा अध्यक्ष लगायका विषयमा केन्द्रीत हुने जनाइएको छ ।

गत माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदा कांग्रेसले अध्यक्ष पाउने समझदारी भएको चर्चा चलेको थियो । तर केही दिनअघि बसेको माओवादी बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेपछि गठबन्धनमा समस्या देखिएको छ ।

त्यस्तै, बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा पनि छलफल हुने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको नेतृत्व लिएको एक वर्ष पूरा हुँदा नै कार्यसम्पादन कमजोर भएका केही मन्त्रीलाई परिवर्तन गर्न खोजेका थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति नदिँदा रोकिएको थियो । तर पछिल्लो समय संसदमा प्रमुख प्रतिपक्षी एमालेसहित प्रतिपक्षी दलहरुले मन्त्रीहरुको राजीनामा मागिरहेको र आज संसदमा प्रधानमन्त्रीले संवोधन गर्ने कार्यक्रम भएकाले प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् ।

पछिल्लो समय माओवादीले गठबन्धन नै परिवर्तन गर्न थालेको चर्चा भइरहँदा देउवाले आइतबार पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई यसबारे जानकारी गराए । देउवा मन्त्रिपरिषद् हेरफेर गर्न र राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई दिन समत लचक भएको कांग्रेस नेताहरुको भनाइ छ ।


क्लिकमान्डु