मन्त्रिपरिषद् हेरफेरको चर्चाबीच परराष्ट्रमन्त्रीको फिनल्यान्ड भ्रमण अन्तिम समयमा स्थगित



काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित भएको छ । फिनल्यान्डको राजधानी हेल्सिन्कीमा आयोजना हुने ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन मन्त्री साउद आइतबार राति प्रस्थान गर्ने कार्यक्रम थियो ।

मन्त्रिपरिषद्‌मा हेरफेरको चर्चाबीच मन्त्री साउदको भ्रमण स्थगित भएको हो ।

परराष्ट्र मन्त्रालयले ‘विशेष परिस्थिति’ भएको कारण देखाउँदै भ्रमण स्थगित भएको जनाएको छ ।

‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री साउदको पूर्वनिर्धारित कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन’, परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।


क्लिकमान्डु