किन पक्राउ परे पुण्य गौतम र युवराज सफल ?



काठमाडौं । आफूलाई अभियन्ता बताउने पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ । त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम भवनअगाडि प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

चितवनकी शालीन पोखरेलको मृत्यु प्रकरणमा पोस्टमार्टम रिपोर्ट आएपछि उनीहरु शिक्षण अस्पताल पुगेका थिए ।

शालिनको पक्षमा भन्दै केही व्यक्तिसहित प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुवैलाई महाराजगञ्ज वृत्तको हिरासतमा राखिएको छ ।

भिडलाई उचालेर घटनालाई अतिरञ्जित बनाउन खोजेपछि पक्राउ गरिएको काठमाडौं परिसरले जनाएको छ ।

गत शनिबार चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत भेटिएकी शालीनको पोस्टमार्टम रिपोर्ट टिचिङले आज बुझाएको छ । रिपोर्टमा उनको मृत्युको कारण झुण्डिएर भएको उल्लेख गरिएको छ ।


क्लिकमान्डु