मुक्तिनाथ विकास बैंकको ५ हजारसम्म हातपर्ने योजना सार्वजनिक



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिकोत्सवको अबसरमा ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ ।

पहिलो योजनाअनुसार बैंकले टपअपमा टपअप धमाका सार्वजनिक गरेको छ । यस योजनामा बैंकको मोवाईल बैंकिङ्ग मार्फत २०० वा सो भन्दा बढीको टपअप कारोवार गर्दा दैनिक १८ जना ग्राहकले लक्की–ड्र मार्फत २०० रुपैयाँ को टपअप प्राप्त गर्नेछन् । यो योजना पुस १९ गते देखि २५ गते सम्मका लागि रहने बैंकले जनाएको छ ।

दोश्रो योजना अनुसार बिजुली र ईन्टरनेटको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर अर्को योजना सार्वजनिक गरेको छ ।

यस योजनामा बैंकको मोवाईल बैंकिङ्ग मार्फत हालसम्म बिजुली र इन्टरनेटको बिल भुक्तानी नगरेका ग्राहकहरुले पहिलो पटक बिल भुक्तानी गरेमा नयाँ कारोवार गर्ने ग्राहकले भुक्तानी रकमको ५% वा अधिकतम ५० रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।

पहिले देखि बिल भुक्तानी गरिरहेका ग्राहकहरुले यस अवधिमा पुनः भुक्तानी गरेमा त्यस ग्राहक मध्ये बिजुलीको बिल अन्तर्गत १ जना र इन्टरनेट विल अन्तर्गत १ जना ग्राहकले लक्की–ड्र मार्फत ५ महिना सम्मको बिल भुक्तानी वा अधिकतम ५००० रुपैयाँसम्म प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो योजना पुस १९ गते देखि माघ १९ गते सम्मका लागि हुने बैंकले जनाएको छ।

तेश्रो योजना अनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोवार क्यूआर मार्फत प्राप्त नगरेको मर्चेन्टहरुले यस अवधिमा एक पटक वा पटक पटक गरी रु ५०० सम्मको कारोवार रकम क्यूआर मार्फत प्राप्त गरेमा वा लिएमा त्यस ग्राहक मध्ये ५ जना ग्राहकले लक्की–ड्र मार्फत क्mबचत ध्बतअज प्राप्त गर्नेछन् । यो योजना पुस १९ गते देखि माघ १९ गते सम्मका लागि हुनेछ ।


क्लिकमान्डु