प्रविधिले फड्को मारेपनि नोटको प्रयोगमा आएन कमी



काठमाडौं । पछिल्लो समय प्रविधिले फड्को मारेर पनि नोटको प्रयोगमा कमी आउन सकेको छैन ।

विद्युतीय कारोबार बढेसँगै नोटको प्रयोगमा कमी आउन आंकलन रहेको थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले नोट भन्दा विद्युतीय कारोबारमा जोड दिइरकेका छन् । बैंकहरुले एटीएम, अनलाइन भुक्तानी, क्यूआर कोडको माध्यमबाट भुक्तानी गर्न प्राथमिकता दिएका छन् । तै पनि नोटको कारोबार भने घटेको छैन ।

नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म चलन चल्तिमा ६ खर्ब ६० अर्ब ८१ करोड ६० लाख ४२ हजार रुपैयाँको नोट रहेको छ । असार मसान्तमा ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख ७२ हजार ५३० रुपैयाँ चलन चल्तीमा रहेको थियो । असारको तुलनामा मंसिरमा चलन चल्तिमा रहेका नोट ३५ अर्ब २७ करोड ८१ लाख ६९ हजार ६१६ रुपैयाँले बढेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएको भन्दा बाहेकको पैसालाई चलन चल्तीमा रहेको नोटको रुपमा गणना गर्ने गर्छ ।

राष्ट्र बैंककाअनुसार एक महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थालाई दिने ऋण तथा सापटी रकम भने घटेको छ । असामा १ अर्ब ६६ करोड ८०लाख २१ हजार ७७८ रुपैयाँ बैंक तथा वित्तीय संस्थालाई ऋण तथा सापटी रहेको थियो । मंसिरमा यो रकम घटेर १ अर्ब ३७ करो १३ लाख ६७ हजार ७२४ रुपैयाँ रहेको छ ।

यस्तै अन्य ऋण तथा सापटी असारमा ७ अर्ब ९२ करोड ५७ लाख ७६ हजार ९०४ रुपैयाँबाट बढेर १६ अर्ब ७० करोड ३७ लाख १३ हजार ९११ रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार आईएमएफ सम्बन्धी दायित्व भने यथा स्थानमा रहेको छ । मंसिरमा ११ अर्ब ८८ करोड २९ लाख २४ हजार १८९ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु