यी हुन् सिद्धार्थ बैंकका ३३ ठूला सेयरधनी, ३ जना नयाँ थपिए



काठमाडौं । सिद्धार्थ बैंकको ठूला सेयरधनीमा ३३ व्यक्ति तथा कम्पनी रहेका छन् । पछिल्लो समय बैंकको ठूला सेयरधनीमा ३ जना नयाँ संस्थापक सेयरधनी थपिएका छन् । बैंकमा थपिएका नयाँ सेयरधनीमा विमल कुमार केडिया, सुरेश कुमार केडिया र राजेस कुमार केडिया रहेका छन् ।

बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व प्रुडेन्सियल इन्भेष्टमेन्ट कम्पनीको ३.२३ प्रतिशत रहेको छ । यस्तै नरेन्द्र कुमार अग्रवालको २.९५ प्रतिशत, रतनलाल केडियाको २.४८ प्रतिशत, सविता केडियाको १.९२ प्रतिशत, चिरंजीलाल अग्रवालको १.८१ प्रतिशत, पवन कुमार अग्रवालको १.७६ प्रतिशत, सुवोध तोदी १.५५ प्रतिशत, अशोक कुमार बाहेटी १.४९ प्रतिशत, नरपत सिंह जैन १.४५ प्रतिशत, दिनानाथ केडिया १.४१ प्रतिशत, आदित्य केडिया १.३९ प्रतिशत, महावीर इन्भेष्टमेन्ट १.३७ प्रतिशत, तुसार तोदी १.२८ प्रतिशत, सुरेश कुमार रुंगटा १.२१ प्रतिशत, मदन लाल केडिया १.०८ प्रतिशत, विरेन्द्र कुमार शाह ०.९९ प्रतिशत, पूनम चन्द अग्रवाल ०.९७ प्रतिशत, विनोद कुमार अग्रवाल ०.९४ प्रतिशत, राजेस कुमार केडिया ०.८८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकमा भरत कुमार तोदीको ०.८७, राज कुमार टिब्रेवालाको ०.८१ प्रतिशत, विनय कुमार शाहको ०.७७ प्रतिशत, राजेन्द्र कुमार अग्रवालको ०.७६ प्रतिशत, श्याम कुमार अग्रवालको ०.७६ प्रतिशत, सुरेश कुमार केडियाको ०.७२ प्रतिशत, केशरी चन्द कुचेरियाको ०.६७ प्रतिशत, विमल कुमार केडियाको ०.६६ प्रतिशत, शशि कला अग्रवालको ०.६३ प्रतिशत, मनिष जैनको ०.६३ प्रतिशत, जगदिश कुमार अग्रवालको ०.६१ प्रतिशत, शम्भु कुमार कन्दोइको ०.५९ प्रतिशत, कबिन्द्र बहादुर श्रेष्ठको ०.५९ प्रतिशत र सरोज शर्माको ०.५९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु