मन्त्रीको गाडी आगजनी घटना छानबिनका लागि गृहमन्त्रालयले बनायो समिति



काठमाडौं । दुई जनाको ज्यान जाने गरी ललितपुरको बालकुमारी घटनाका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

गृह मन्त्रालयले बालकुमारी घटनाको छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको हो ।

डीआइजी लाममणि आचार्यको संयोजकत्वमा गठित समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य छन् । उनीहरुलाई सात दिन भित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ ।

कोरिया भाषा परीक्षाको सिप बिल्डिङमा अनुत्तीर्णहरुले उत्पादनमुलक क्षेत्रमा आवेदन भर्न नपाएको भन्दै शुक्रबार बिहान बालकुमारीमा प्रदर्शन गरेको युवाहरुको समूहले भौतिक योजना तथा यातायातमन्त्रीको गाडी जलाएका थिए ।

त्यसपछि उक्त क्षेत्रमा प्रदर्शन चर्किएको थियो । प्रहरीसँगको झडपमा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको भने भने चार दर्जनबढी घाइते भएका छन् ।


क्लिकमान्डु