दुई दिन सार्वजनिक बिदा थप गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा थप गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री रेखा शर्माले साविकको बिदामा दुई दिन थप गरिएको जानकारी दिइन् ।

‘साविकको बिदा कायम छन् । माघ १६ को सहिद दिवस र रामनवमीमा बिदा दिने निर्णय भएको छ’ उनले भनिन् ।


क्लिकमान्डु