मन्त्रीको गाडीमा आगजनीपछि ग्वार्को तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार



काठमाडौं । मन्त्रीको गाडीमा आगजनी भएपछि ललितपुरको ग्वार्को-बालकुमारी सडकखण्ड तनावग्रस्त बनेको छ ।

शुक्रबार दिउँसो ग्वार्कोमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा केहीलदे आगजनी गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको हो ।

रोजगार अनुमति प्रणाली (ईपीएस)को विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाले बा २ झ ५८६१ नम्बरको गाडीमा आगोलगाएपछि गाडी क्षतिग्रस्त भएको छ ।

प्रदर्शनकारीले सार्वजनिक यातायातामाथि पनि ढुंगामुढा गरेका थिए । ढुंगामुढाका कारण केही सवारी साधनमा क्षतिसमेत पुगेको छ । प्रदर्शनकारीले प्रहरीमाथि पनि ढुंगामुढा गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । अहिले उक्तक्षेत्रको सवारी आवागमन अवरूद्ध बनेको छ भने ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।


क्लिकमान्डु