बैंकर्स संघको कार्यसमितिमा ५ जना सदस्य निर्वाचित



काठमाडौं । बैंकर्स संघको ३७औँ बार्षिक साधारणसभाले ५ जना कार्यसमिति सदस्य चयन गरेको छ। शनिबार चितवनमा भएको संघको साधारणसभाले सदस्य चयन गरेको हो ।

संघमा नयाँ सदस्यमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्राइम कमर्सियल बैंकका सीईओ सञ्जीव मानन्धर, सिद्धार्थ बैंकका सीईओ सुन्दरप्रसाद कँडेल, सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे र राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ रहेका छन् ।

संघको सदस्य लक्ष्मी सनराइज बैंकका सीईओ अजय शाह र एनआइसी एशिया बैंकका सीईओ रोशनकुमार न्यौपानेको कार्यकाल सकिएको छ ।

संघमा नेपाल एसबिआई बैंकका सीईओ दीपककुमार डे र एभरेष्ट बैंकका सीईओ सुदेश खालिङको कार्यकाल भने बाँकी नै रहेको छ ।


क्लिकमान्डु