श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले नगद लाभांश दिने



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले सेयरधनीलाई नगद लाभांश दिने भएको छ ।

फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट नगद ५.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले पुस २९ गते बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने भएको छ ।

१९ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन् । सभाले उक्त लाभांश दिने प्रस्ताव पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु