आगामी हप्ता भैरहवा जाँदै पूर्वराजा, एमाले नेता बने अभिनन्दन समारोह समितिका संयोजक



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह जिल्ला भ्रमणमा निस्कदै छन् ।

पूर्वराजाका संवाद सचिव डा फणिराज पाठकले शाह देशको पश्चि क्षेत्र र मध्य क्षेत्रका केही जिल्लाको भ्रमणका सिलसिलामा आगामी हप्ता भैरहवा जान लागेको उल्लेख गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवामा अभिनन्दन गर्न गठित मूल समारोह समितिसमेत गठन गरिएको छ । उक्त समूहकको संयोजक नेकपा एमालेका नेता डा. रामप्रसाद बस्याल बनेका छन् ।

एमाले लुम्बिनी प्रदेश कमिटी पूर्वसल्लाहकार समेत रहेका बस्याल गत स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिकामा मेयरका उम्मेदवार पनि बनेका थिए ।

नेकपा एमाले रुपन्देहीले भने बस्याल अहिले पार्टीको कार्यकारी जिम्मेवारीमा नरहेको जनाएको छ ।


क्लिकमान्डु