हिमालयन रिको आईपीओमा आइतबार बिहानसम्ममा १२ लाख ८० हजार जनाले २ करोड ३४ लाख कित्ताका लागि आवेदन दिए



काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको साधारण सेयर (आईपीओ)मा आइतबार बिहानसम्ममा २ करोड ३४ लाख ८३ हजार ९८० कित्ताका लागि आवेदन परेको छ ।

कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर निष्कासन गरेकोमा आइतबार बिहान १० बजेसम्ममा १२ लाख ८० हजार ५१८ जनाले ४ अर्ब ८३ करोड ७६ लाख ९९ हजार ८८० रुपैयाँबराबरको आवेदन दिएका हुन् ।

कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरले सेयर निष्कासन गरेको छ । आईपीओमा आइतबार साँझ ५ बजेसम्म आवेदन दिन सकिन्छ । उक्त अवधिमा मागअनुसार आवेदन नपरेको खण्डमा पुस ११ सम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

आवेदनकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत कम्पनीको आईपीओमा आवेदन दिन सकिने छन् । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।


क्लिकमान्डु