निषेधित क्षेत्र घोषणाविरूद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश



काठमाडौं । काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गर्ने निर्णयविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश गरेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले अधिवक्ता भद्रप्रसाद (स्वागत) नेपालले माग गरेको आदेश किन जारी नगर्ने भन्ने प्रश्नको लिखित जवाफ दिन काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई आदेश गरेको हो ।

अधिवक्ता नेपालले उक्त काठमाडौं प्रशासनको निर्णय खारेज गर्न आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

मेडिकल व्‍यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको भ्रातृ संगठन युवा संघले एकैदिन पारेर माइतीघर केन्द्रित आन्दोलन गर्ने घोषणा गरेपछि शान्ति सुरक्षा भड्किएर झडप हुनसक्ने आकलन गर्दै काठमाडौं प्रशासनले सोमबार निषेधित क्षेत्र घोषणा गरेको थियो ।

मंगलबार नै राष्ट्रपति निवास, प्रधानमन्त्री निवासलगायत भिभिआइपी क्षेत्रमा पनि प्रशासनले एक महिनाका लागि निषेधित क्षेत्र तोकेको थियो ।


क्लिकमान्डु