सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख १६ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य १ लाख १५ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ५० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु