वैदेशिक रोजगारीमा गएकालाई मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँड
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँड भएको छ । वैदेशिक रोजगारमा गएकाहरुका लागि खुलाइएको १ लाख ४० हजार कित्ता सेयर बाँडफाँड गरिएको हो ।
१ लाख ४० हजार कित्ता सेयर खरिदका लागि ३१ हजार १९६ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये २ जनाको आवेदन रितपूर्वक नदेखिएकाले अयोग्य ठहरिएका थिए ।
कुल ३१ हजार १९४ आवेदकबाट ७ लाख २३ हजार ४० कित्ता सेयरका लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा १४ हजार जनाले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । मुक्तिनाथ कृषि कम्पनीको जारी पुँजी ७० करोड रुपैयाँमध्ये २० प्रतिशत अर्थात् १४ करोड रुपैयाँ रकमबराबरको १४ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइको छ ।
त्यसमध्येको १० प्रतिशत अर्थात् १ लाख ४० हजार कित्ता सेयर प्रतिसेयर १०० अंकित दरमा श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि खुला गरिएको थियो । कात्तिक १० देखि २४ सम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो ।