रिलेवलिङ गरेको अभियोगमा एक व्यापारिक प्रतिष्ठानलाई ३ लाख जरिवाना



काठमाडौं । म्याद नाघेको मदिरा र सुर्तिजन्य पदार्थमा आफैंले उपभोग्य मिति उल्लेख गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक व्यापारिक प्रतिष्ठानबाट ३ लाख रुपैयाँ जरिवाना गराएको छ ।

विभागको टोलीले काठमाडौंको शान्तिनगरस्थित मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्री बितरण गर्ने एक प्रतिष्ठानले रिलेवलिङ गर्दै गरेको अवस्थामा फेला पारेको थियो । उक्त प्रतिष्ठानले गुणस्तर, परिमाण, मूल्य र नापतौलमा समेत हेरफेर गरेकाले ३ लाख रुपैयाँ जरिवाना गराइएको हो ।

यसबाहेक विभागले खरिद बिल नराखेको अभियोगमा अन्य ३ व्यापारिक प्रतिष्ठानबाट जनही २०–२० हजार रुपैयाँ जरिवाना गरेको छ ।

विभागको अनुगमन टोलीले ललितपुरको चापागाउँस्थित एक व्यापारिक प्रतिष्ठानबाट १ लाख १७ हजार रुपैयाँबराबरको म्याद नाघेको बदामसमेत नष्ट गरेको छ ।


क्लिकमान्डु