नयाँ स्टकको लाइसेन्स अघि बढाउन निर्देशन, सांसद वाग्ले भन्छन्: विषय संवेदनशील देखियो



काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले नयाँ स्टकलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

समितिले उक्त निर्देशन दिएसँगै सांसद स्वर्णिम वाग्लेले नोट डिसेन्ट लेख्ने भएका छन् । उनले नयाँ स्टकका सन्दर्भमा पुराना समितिले गरेको अध्ययनको भारी नबोक्न नहुने र यही समितिले अध्ययन गरेरमात्रै थप प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

स्टक ल्याउने विषय निकै संवेदनशील भएको र यसमा प्रिपेड करप्सन भएकाले तत्काल प्रक्रिया अघि बढाउन नहुने उनको भनाइ छ ।

नयाँ स्टक चाहिन्छ कि चाहिँदैन भनेर सबै पक्ष बसेर तिहारपछि अध्ययन गर्न उनले प्रस्ताव गरेका थिए । ‘२०६६ सालमा गरेको अध्ययनले अहिले स्टक चाहिन्छ भन्नु गलत हो,’ उनले भने ।

नयाँ स्टकको प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा रोकिएको थियो ।


क्लिकमान्डु