सरकारी बिदामा महानगरका सवारी सञ्चालन नहुने
काठमाडौं । काठमाडौं महानगरपालिकाकाले दसैं तथा तिहारको बिदामा सवारी साधन सञ्चालन नगर्न निर्देशन दिएको छ ।
महानगरपालिकालले दशैं तथा तिहारको विदाको दिनमा महानगरपालिकाको नाममा दर्ता रहेका कुनै पनि सवारी साधन सञ्चालन नगर्न निर्देशन दिएको हो ।
सरसफाईमा प्रयोग हुने र नगर प्रहरीको ड्युटीका लागि प्रयोग हुने सवारी साधनबाहेकका सवारी साधन प्रयोग नगर्न महानगरपालिकाले निर्देशन दिएको छ ।
महानगरले बिदाको समयमा अत्यावश्यक काममा सवारी साधनको प्रयोग गर्नु पर्दा महानगर क्षेत्रभन्दा बाहिर दमकल, एम्बुलेन्सलगायत सञ्चालन नगर्न तथा गरेमा कारबाही हुने सूचनामा उल्लेख गरेको छ ।
मेयर बालेन्द्र शाह (बालेन) केही समय अघि बिदाका दिन महानगरको सवारी प्रयोगका कारण विवादमा आएका थिए । उनले सरकारी बिदाको समयमा बिना पास महानगरको गाडी पारिवारिक प्रयोजनका लागि प्रयोग गरेको विषयले चर्को विवाद लिएको थियो । ट्राफिक प्रहरीले कोटेश्वरमा उनको गाडीलाई रोकेर सामान्य सोधपुछ गर्दा उनले सिंहदरबार जलाईदिने धम्की दिएका थिए ।
तर, दशैं तिहारको बिदाको समयमा भने महानगर स्वयंले महानगरको नाममा दर्ता रहेका कुनै पनि सवारी साधन प्रयोग नगर्न निर्देशन दिएको छ ।