सेयर बजारमा सुधार, १७४ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । सेयर बजारमा सामान्य सुुधार देखिएको छ ।

निकै उतार चढाबकाबिच बजारमा सामान्य सुधार देखिको छ । बजार मापन गर्ने सूचक ९.२४ अंकले बढेर परिसूचक १९६७.९७ बिन्दुमा रोकिएको छ । २८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता सेयर १ अर्ब १८ करोड ९९ लाख ३१ हजार ३८५ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली देखिएको छ । बैंकिङ समूहको ०.०७ अंकले घटेको छ भने विकास बैंक २२.५५, वित्त कम्पनी १७.९६, होटल ७८.९५, जलविद्युत २८.८६, जीवन बीमा ५२.४८, उत्पादन तथा प्रशोधन १६.४३ माइक्रोफाइनान्स समूहको उपसूचक १७.९६, निर्जीबन बीमा समूहको उपसूचक ६१.८९ अंकले बढेको छ ।

कारोबारमा १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ वटाको घटेको छ । यो दिन मध्ये भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।

बुद्धभुमी नेपाल हाईड्रोपावर, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, दिब्यश्वरी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने समता घरेलु लघुवित्त वित्तीय संस्था, हिमालयन लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु