प्रिमियम मूल्यमा सोनापुर मिनरल्स एन्ड आयलको आईपीओ निष्कासन



काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयलले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थपेर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सेयर निष्कासन गरेको छ ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित दाङ्ग र रोल्पा जिल्लाका स्थानीयका लागि अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थपेर प्रतिसेयर २२५ रुपैयाँका दरले १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्कासन गरेको छ । आईपीओमा स्थानीयले १ लाख ३४ हजार ५२० कित्ताका लागि मात्रै आवेदन दिएका थिए ।

यस्तै कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कम्पनीका कर्मचारीका लागि ६ लाख ८ हजार २८४ कित्ता सेयर बाँडफाँट गरेको छ । स्थानीयले नकिनेको समेत थप गरेर सर्वसाधारणका लागि सेयर निष्कासन गरिने छ ।

आईपीओमा असोज १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरे असोज २८ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ।


क्लिकमान्डु