सेयर बजारमा १२ करोडको सीमा बढ्ने, व्यक्तिगत र संस्थागत कति ?



काठमाडौं । सेयर बजारमा कायम रहेको १२ करोडको धितो कर्जाको सीमा बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच सोमबार भएको भेटमा १२ करोडको सीमा बढाउने विषयमा छलफल भएको हो ।

राष्ट्र बैंक स्रोतका अनुसार हाल १२ करोड रहेको सेयर धितो कर्जाको सीमा व्यक्तिगततर्फ २० करोडसम्म पुग्न सक्छ । संस्थागततर्फ भने यति नै हुने भन्ने यकिन भइसकेको छैन । स्रोतका अनुसार यो सीमा व्यक्तिगतको भन्दा दोब्बर वा त्योभन्दा पनि बढी हुनसक्ने देखिएको छ । त्यसका लागि राष्ट्र बैंकले सर्कुलरबाट प्रस्ट पार्ने बताइएको छ ।

भेटमा प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा बैंक तथा वित्तीय संस्थालाई लगानी गर्न दिने विषयमा पनि छलफल भएको छ । त्यसको सीमा भने राष्ट्र बैंकले निर्देशिकामार्फत प्रस्ट पार्नेछ ।


क्लिकमान्डु