भगवती हाइड्रोपावर डेभलपमेन्टको आईपीओ बाँडफाँट



काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथा मार्फत बाँडफाँट गरेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

आईपीओमा आवेदन दिनेमध्ये ७१ हजार २२२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । आईपीओमा १३ लाख ९ हजार ६६ जनाले १ करोड ५३ लाख ३ हजार ६५० कित्ताका लागि आवेदन दिएकोमा २ हजार ३८९ जनाको आवेदन रद्द भएको छ । १३ लाख ६ हजार ६७७ जनालाई गोलाप्रथामा सहभागी गराइएको हो

कम्पनीले भदौ ५ देखि ८ गतेसम्म अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ दरले ७ लाख १२ हजार २२० कित्ता सेयर निष्कासन गरेको थियो ।

आईपीओको नतिजा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट, भगवती हाइड्रोपावरको वेबसाइट, मेरो सेयर र सीडीएससीले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट सकिने छ ।


रवि धिताल