१४ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सोध्यो स्पष्टीकरण

413
Shares

काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न १४ कम्पनीहरुलाई लिखित स्पष्टीकरण सोधेको छ ।

कार्यालयले एक सूचना प्रकाशित गर्दै विभिन्न १४ कम्पनीलाई कालोसूचीमा राख्न विभिन्न निकायबाट पत्र आएकाले राख्न नपर्ने आधार प्रमाण भए लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो । यसअघि नै ३० दिनभित्रमा लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिँदा पनि स्पष्टीकरण नआएकाले ७ दिनभित्रमा स्पष्टीकरण पेस गर्न कार्यालयले निर्देशन दिएको छ ।

स्पष्टीकरण सोधिएका कम्पनीहरुमा पर्साको वैष्णवी एन्ड लोकेन्द्र सप्लायर्स, चीनको सफ्बोन वाटर सर्भिसेस आईएनसी, बाँकेको अनामिका कन्स्ट्रक्सन, बझाङको पारस निर्माण सेवा, पर्साको शारदा कन्स्ट्रक्सन कम्पनी, सुर्खेतको रुमानी निर्माण सेवा, कास्कीको त्रिवेणी निर्माण सेवा, काठमाडौंको कार्स्याङ कन्स्ट्रक्सन एन्ड सप्लायर्स, काठमाडौंको ग्रिनवर्ल्ड/जयास कन्स्ट्रक्सन जेभी, कास्कीको एसिन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्ट, भारतको एम/एस सिपेल, जुम्लाको प्रान्जल निर्माण सेवा, सिन्धुपाल्चोकको गौरती भीमसेन निर्माण सेवा र बाँकेको भावेश कन्स्ट्रन्सन छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले यी कम्पनीले ७ दिनभित्रमा चित्त बुझ्ने आधार प्रमाणसहित कालोसूचीमा राख्न नपर्ने गरी लिखित स्पष्टीकरण पेस नगरेमा यी कम्पनीलाई कालोसूचीमा राख्नेछ ।

Skip This