गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ शुल्क उठाउन ठेक्का आह्वान



काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको पार्किङमा सवारी साधनको पार्किङ शुल्क उठाउन ठेक्का आह्वान भएको छ ।

नागरिक उड्डयन कार्यालयले बोलपत्र आह्वान गर्दै तीन वर्षका लागि सवारी साधनको पार्किङ शुल्क उठाउन इच्छुक कम्पनीलाई आवेदन दिन भनेको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल तथा आन्तरिक टर्मिनलतर्फको (हालको कार्गो भवनअगाडि) गरी कुल ११ हजार ३७५ वर्गमिटर पार्किङ क्षेत्रमा तीन वर्षका लागि सवारी साधन पार्किङ शुल्क उठाउन ठेक्का आह्वान गरिएको कार्यालयले जनाएको छ ।

सूचनाअनुसार तीन वर्षका लागि न्यूनतम् ठेक्का रकम १ करोड २१ लाख ९९ हजार ६०८ रुपैयाँ तोकिएको छ । इच्छुकले सूचना प्रकाशित भएको मितिबाट २१ दिनभित्र कार्यालय समयमा बोलपत्र आवेदन दिन सक्ने जनाइएको छ ।


रवि धिताल