संसदमा एमालेको अडान कायमैः उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद अघि बढ्दैन



काठमाडौं । राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिरोध कायम राखेको छ ।

प्रमुख प्रतिपक्ष दल एमालेले सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद अघि बढ्न नसक्ने अडानसहित आजको बैठकमा पनि संसद अवरोध गरेको हो ।

बैठकमा बोल्दै नेकपा एमाले राष्ट्रिय सभाका संसदीय दलका उपनेता भैरवसुन्दर श्रेष्ठले सरकारले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए ।

उनले विमानस्थलबाट त्यत्ति ठूलो मात्रामा भएको सुन तस्करीका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको इज्जतमाथि दाग लागेको बताए । उनले यस प्रकरणमा जोसुकै व्यक्ति संलग्न भए पनि ति व्यक्तिलाई कानूनको दायरामा ल्याउनुपर्ने बताए ।

उनले सरकार यस प्रकरणमा गम्भीर हुन नसकेको बरु अहिले नयाँ तथ्यहरु बाहिर आइरहेको बताए ।

सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय छानबिनको माग गर्दै सरकार दोषीलाई कारबाही गर्न उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभएसम्म संसद अघि बढ्न नसक्ने स्पष्ट पारे ।

साउन २२ गते दिउँसो १ बजे बस्नेगरी आजको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।


क्लिकमान्डु