सिडिएससीले भिजन सेक्युरिटिजलाई दियो विद्युतीय केवाइसीको लगइन
काठमाडौं । सिडिएससीले भिजन सेक्युरिटिजलाई केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाइसी) सेवाका लागि लगइन दिएको छ ।
सिडिएससीले सम्बन्धी कार्य संचालन निर्देशिका, २०७७ केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाइसी) सेवा सम्बन्धी कार्य संचालन निर्देशिका-२०७७ बमोजिम केवाइसी दर्ता प्रतिनिधि को रूपमा विद्युतीय केवाइसी प्रणालीमा आबद्ध हुनका निर्देशिकाको दफा ४ बमोजिम सम्झौता गरि प्रणाली सञ्चालनका लागि आवश्यक लगइन दिएको जनाएको छ ।
यस्तै धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदान गर्नका लागि सिडिएससीमा आवेदन दिएका थप सात वटा संस्थाहरूलाई निक्षेप सदस्यता दिएको छ ।
धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ को विनियम १४ बमोजिम निक्षेप सदस्यता दिएको सिडिएससीले जनाएको छ ।
निक्षेप सदस्यता प्राप्त गर्ने संस्थाहरुमा प्रोपर्टी विजार्ड लिमिटेड, सन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, शेयरप्रो सेक्युरिटिज, भोलेगणेश सेक्युरिटिज, हिमालयन ब्रोकरेज र मियो सेक्युरिटिज रहेका छन् ।