प्राइम बैंकले बढायो ब्याजदर
काठमाडौं । प्राइम बैंकले साउन १ देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर बढाएको हो ।
तीन महिना र त्योभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपमा यसअघि ९.९९ प्रतिशत ब्याजदर रहेकोमा बढाएर १०.९३ प्रतिशत पुर्याइएको छ ।
तीन महिना र त्योभन्दा बढीको व्यक्तिगत रेमिट्यान्स मुद्दति निक्षेप खातामा भने बैंकले १२.५ प्रतिशत ब्याजदर तोकेको छ । ६ महिना र त्योभन्दा बढीको संस्थागत मुद्दति निक्षेपमा बैंकले ८.९३ प्रतिशत ब्याजदर दिने जनाएको छ ।
बैंकले साधारण बचतमा ५.९३ देखि ९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । प्राइम वैदेशिक रेमिट बचत खाता र प्राइम रेमिट सेभिङ्समा सर्वाधिक ९ प्रतिशत ब्याज दिने बैंकद्वारा जारी सूचनामा उल्लेख छ । बैंकले १३ भन्दा बढी प्रकारका साधारण बचत खाता सञ्चालनमा ल्याएको छ ।
(यसअघि प्रकाशित समाचारमा असावधानिवश गलत तथ्यांक सम्प्रेषित भएकाले सच्याइएको छ । – सं.)