प्रभु बैंकले ब्याजदर घटायो, अब कति पाइन्छ ?
काठमाडौं । प्रभु बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले यसअघि दिँदै आएको ब्याजदर केही घटाउँदै साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.५० प्रतिशत दिने जनाएको छ । बैंककाअनुसार २ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेप, ५ वर्षसम्मको स्वर्णिम मुद्दती निक्षेप, प्रभु हाइब्रिड बचत खाता (मुद्दती निक्षेप), प्रभु रिकरिङ फिक्स्ड डिपोजिट, प्रभु रिकरिङ फ्लेक्सी डिपोजिटमा ९.५० प्रतिशत ब्याजदर दिने जनाएको हो ।
प्रभु उन्नती मुद्दती (रेमिट्यान्स खाता)मा भने १०.५० प्रतिशत ब्याजदर दिने जनाएको छ । त्यस्तै, बचततर्फ प्रभु फरेन उन्नती सेभिङ (रेमिट्यान्स), प्रभु उन्नती सेभिङ (रेमिट्यान्स), प्रभु सामरिक बचत खातामा ७.५० प्रतिशत ब्याजदर दिने जनाएको छ ।
त्यसैगरी, प्रभु सताब्दी सेभिङ, प्रभु हाइब्रिड सेभिङ र प्रभु विशिष्ट सेभिङमा ६.५० प्रतिशत ब्याजदर तोकेको छ । अन्य सबै प्रकारका बचत खातामा ४.५० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार ५ वर्षसम्मका लागि फिक्स्ड होमलोनमा १२.९९ प्रतिशत र ५ वर्ष माथिकोमा १३.९९ प्रतिशत ब्याज दिने जनाएको छ ।
त्यस्तै, ५ वर्षसम्मको अटो लोनमा १३.५० प्रतिशत र ५ वर्ष मािथको १४.५० प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले अन्य शीर्षकको कर्जामा आधा दरमा न्यूनतम २ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने जनाएको छ ।