नेपाल वायुसेवा निगममा ३० एयरहोस्टेस माग, न्यूनतम उचाइ ५ फिट २ इन्च र ट्याटु नभएको हुनुपर्ने
काठमाडौं । नेपाल वायुसेवा निगमले ३० जना एयरहोस्टेसका लागि रोजगारी खुलाएको छ । निगमले एक सूचना प्रकाशित गर्दै क्याबिन क्रु समूहतर्फ करार सेवाको विमान परिचारिका (एयरहोस्टेस) पदका लागि ३० जनाको माग गरेको जनाएको छ ।
निगमका अनुसार प्लस टु वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएका र १८ वर्ष पूरा भएको र २५ वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन् ।
आवेदन दिन चाहनेको न्यूनतम उचाइ ५ फिट २ इन्च हुनुपर्ने र निगमबाट तोकिएको युनिफर्म लगाउँदा देखिने ठाउँमा ट्याटु नभएको हुनुपर्ने सूचनामा उल्लेख छ ।
परिचारिकाका लागि करारमा छनाोट व्यक्तित्व परीक्षण, लिखित परीक्षा, शारीरिक र स्वास्थ्य परीक्षण र अन्तर्वातामार्फत हुने निगमले जनाएको छ ।
इच्छुकले साउन १४ सम्म नियमित दस्तुरमा र साउन २१ सम्म दोब्बर दस्तुरमा दरखास्त दिन सक्नेछन् ।