नेपाली सेनाका विभिन्न पदमा ७६ जना कर्मचारी माग



काठमाडौं । नेपाली सेनाले प्राड/प्राविधिक/हवाई/विविध सेवाका तर्फका विभिन्न पदमा कर्मचारी माग गरेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालयले सूचना जारी गर्दै अधिकृत पदहरुका लागि २५ जना र पदिक तथा विल्लादार पदमा ५१ जना गरी ७६ जना कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका नेपाली नागरकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् । दरखास्त दिने मिति साउन २८ सम्म तोकिएको छ । दोब्बर दस्तुर तिरेर भने भदौ ५ सम्म दरखास्त दिन सकिनेछ ।

अधिकृत पदका लागि निर्देशनालयले १ हजार रुपैयाँ दस्तुर तोकेको छ । साथै, एकभन्दा बढी समूहमा दरखास्त दिएमा प्रत्येक समूहको लागि २० प्रतिशत दरले थप दस्तुर लाग्नेछ ।

त्यसैगरी पदिक तथा विल्लादारका लागि भने निर्देशनालयले विभिन्न पदका लागि २ सयदेखि ४ सय रुपैयाँ आवेदन शुल्क तोकेको छ ।


क्लिकमान्डु