इच्छाराज तामाङसहितका ऋणीको धितोमा रहेको गाडी लिलाम गर्दै प्रभु बैंक



काठमाडौं । प्रभु बैंकले घरजग्गा व्यवसायी इच्छाराज तामाङसहित अन्यको धितोमा रहेको गाडी लिलाम गर्ने भएको छ ।

बैंकले गत शुक्रबार सूचना प्रकाशित गर्दै धितोमा रहेको सवारी गोप्य शिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री गर्नेबारे जानकारी दिएको हो । १५ दिनभित्र गोप्य शिलबन्दीमार्फत सवारी लिन चाहनेले आवेदन दिन सक्ने छन् ।

इच्छाराज तामाङ र केशवलाल श्रेष्ठ सञ्चालक रहेको सिभिल फर्निचर एन्ड ट्रेडिङ कम्पनी प्रालिको नाममा बैंकमा धितोमा रहेको ह्युन्डाइको गाडी तथा महिन्द्रा एन्ड महिन्द्राको गाडी लिलाम गरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार इच्छुकले १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र दाखिला गर्न सक्नेछन् । १६औं दिनमा दिनको ठिक १ बजे बोलपत्र खोलिने बैंकले जनाएको छ ।


क्लिकमान्डु