सिटिजन्स बैंक र थ्रिडी आर्ट म्युजियमबीच समझदारी



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इमाडोल तथा राधे राधेमा रहेको थ्रिडी आर्ट म्युजियम प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले थ्रिडी आर्ट म्युजियममा १० प्रतिशतसम्मको छुट पाउने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरका १८८ शाखा, ३ विस्तारित काउन्टर,  १४३ एटीएम, ६ कियोस्क सेवा र ९७ शाखारहित बैंकिङ इकाइबाट १६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु