भारतीय प्रधानमन्त्रीले पहिलो पटक सीमा समस्या समाधानमा पहिलो पटक स्पष्ट विचार दिनुभयो: प्रधानमन्त्री

112
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धि विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढंगले आग्रह गरेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो भारतको चार दिने औंपचारिक भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री दाहालले दुई मुलुकबीचको सीमालगायतका थाँति रहेका सबै समस्याहरुको समाधान गरिनेछ भनेर भारतीय प्रधानमन्त्री मोदीले सीमा सम्बन्धी समस्याका बारेमा पहिलो पटक स्पष्ट विचार राखेको दाबी गरे ।

आफूले मोदीको अभिव्यक्तिलाई सकारात्मक रुपमा लिएको उनले बताए । ‘भेटवार्तामा सीमा सम्बन्धि विषयहरुमा गम्भी रुपले छलफल भएको छ । सीमा सम्बन्धि विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतका प्रधानमन्त्रीलाई मैले गम्भिर ढंगले आग्रह गरेको छु । यहाँहरुलाई थाहानै छ । प्रधानमन्त्री मोदीजीले पनि संयुक्त प्रेस मिटको अवसरमा सीमालगायतका थाँति रहेका सबै समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नु भएको छ । लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धि विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो ।’

Skip This